चण्डेश्वरी सृष्टिकान्त विद्यालयको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

नाला । बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय ले नयाँ शैक्षिक सत्र २०८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ।

विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै एसईईमा सहभागी ७० विद्यार्थीमध्ये २ जनाले ४ जीपीए ल्याएको जानकारी दिएको छ। विद्यालयको कुल औसत जीपीए ३.३१ रहेको प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले बताए।
कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य ले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढेको भन्दै गुणस्तरीय शिक्षाका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए।

बिज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले कक्षाकोठा र शिक्षक अभावका कारण सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको बताए। कार्यक्रममा विद्यार्थी अर्पणा बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सहायक प्रधानाध्यापक भिमसेन हुमागाईंले गरेका थिए।