काभ्रेपलान्चोक – नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेला यहीँ साउन ३० गते हुने भएको छ । पुर्व सूचना तथा संचार प्रबिधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने लागेको नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला संयोजक नवराज मानन्धरले जानकारी दिनु भयो ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित भब्य रुपमा यहीँ ३० गते कार्यक्रम गर्ने भएको छ । नेपाल खेलकुद महासंघ काभ्रेले जिल्ला भेलामा उपस्थितिको लागि सबैलाई अनुरोध गरेको छ । कार्यक्रम बनेपाको पञ्चकन्या बैन्क्वटमा बिहान ११ बजे बाट सुरु हुने संयोजक मानन्धरले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र