राजन थापा/ काठमाडौं
काभ्रेपलान्चोक – देशकै पुरानो राजनीतिक दल नेपाली काँग्रेस यतिखेर १४ औँ अधिवेशनको संघारमै छ । पटक पटक स्थगन भएको महाधिवेशनलाई यो पटक सफल बनाउन वडादेखि केन्द्र सम्मका नेता कार्यकर्तामा दौडधुप बढेको छ । देशभर बढेको यो सरगर्मीमा काठमाडौंको तारकेश्वर नगर पनि अछुतो छैन । तारकेश्वर नगरमा यस पटक नगर सभापतिका लागि राजनीतिक हस्तीहरुको कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

नेपाली काँग्रेसको १४ औं अधिबेशनमा काँग्रेस तारकेश्वर नगर सभापतिको उम्मदेवारी दिएका तिमिल्सिनाको सम्भावना कति छ ? के उनी बन्लान्नत नगर सभापति ? यहीँ नै अहिले सबैको चासोको विषय बनेको छ ।

नेपाली काँग्रेसको १४ औं अधिबेशनमा काठमाण्डौँको तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनले उम्मेदवारी दिएका छन् । वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् । उनले समाज परिवर्तनका लागि विशेष भुमिका खेल्दै आएका छन् ।

तिमिल्सिना विगत लामो समय देखि कांग्रेस राजनितिमा सक्रिय हुदैँ आएका एक युवा व्यवसायि पनि हुन् । उनकोे राजनीति सक्रियताको पनि त्यतिकै प्रशंसा हुने गरेको छ । पछिल्लो समय राजनितिक नेतृत्वमा युवा सहभागिताको आवश्यकता रहेको र युवाहरुले नै देश समाजको बिकास गर्ने छन् त्यस कारण उम्मेदवारी दिएको छु तिमिल्सिनाले बताए ।

पार्टि भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै असल नेतृत्वको भूमिकामा रहेको काम गर्ने तिमिल्सिनाको प्रतिवद्धता रहेको छ ।त्यसकारण पनि सभापतिमा उनको सम्भावना बढि हुने विश्लेषण गरिएको छ ।               

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो