
काठमाडौँ :- सुप्रिम सहकारी संस्थामा भएको भनिएको रकम ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ पुनः स्थगित गरिएको छ। न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलाबाट संचालित ३ नं इजलासमा आज सुनुवाइ तोकिएको थियो।


जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै बिगोअनुसारको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा बहस गर्न पाउनुपर्ने मागसहित लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका छन्। आजको पेशी स्थगित गरिदिन उनका कानूनी प्रतिनिधिले दिएको निवेदन स्वीकृत भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
बिज्ञापन


यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पेशी परेको कारण बुटवल इजलासको सुनुवाइ पनि निवेदनपछि स्थगित गरिएको थियो।



