बनेपा- काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरीको कार्यालय पुलबजार परिसरमा उक्त कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । शनिबार बिहान आज सो कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ

पछिल्लो समय वढ्दो सवारी दुर्घटनालाई बिश्लेषण गरी हेर्दा सवारी दुर्घटनामा सार्बजनिक सवारी साधनहरुको संलग्नता धेरै देखिएको परिपेक्षमा सार्बजनिक सवारी साधनहरुबाट हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ यस किसिमको कार्यक्रम गरिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश शिलवालले जानकारी दिनु भयो ।

कार्यक्रम संचालन गर्न जिवित फाउण्डेशन पनौति र रेयुकाई आँखा अस्पतालले सहकार्य गरेका थिए । उक्त कार्यक्रममा बिभिन्न सवारी साधनहरुका १३७ जना चालक तथा सहचालकहरुको स्वास्थ्य चेकअप गरिएको थियो । सवारी चालक सह- चालकको सुगर, प्रेसर र आँखा चेकअप गरेको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..