काभ्रेपलान्चोक– पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ । विभिन्न समयमा हरेक खाले सामाजिक गतिबिधि गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रे र स्थानीय पाँचखाल पोलिक्लिनिक सेन्टर प्रा.लिको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनु भयो । 

चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्यनूनिकरणका लागि चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिए बताउनु भयो । श्रेष्ठका अनुसार पाँचखाल नगरपालिका वडा नं ६का सार्वजनिक यातायातको चालक तथा सहचालकहरुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्श सेवा प्रधान गरीएको हो । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..