मण्डनदेउपुर – जन्मेको एक महिनादेखि निरन्तर रुपमा आफ्नो छोराको उपचार गराउँदै आएका परिवारले उपचारमा थप रकम लाग्ने भएपछि दाता गुहारेका छन् । नौ बर्षसम्म आफ्नो सम्पत्ति बेचेर र साथीभाई ईष्टमित्रको सहयोगमा उपचार गराएपनि पुनः उपचारमा ठूलो धन राशी खर्च हुने भएपछि सहयोगी दातालाई सहयोगको आव्हान गरेका छन् ।

काभ्रेंपलाञ्चोक जिल्ला मण्डनदेउपुर न.पा. वडा नं. ०७ स्थायी घरको भएको वर्ष ९ को आरुष श्रेष्ठ, जन्मेको एक महिना सम्मको राम्रै अवस्थामा देखिएको बच्चामा एकाएक समस्या देखा पारेपछि कााठमाडौंको धेरै अस्पताल चाहार्दा पनि रोग पत्ता लागेन, समस्या झन् झन् जटिल हुदै गईरहेको थियो । उपचारको शिलशिलामा बच्चा तीन महिनाको हुँदा भारतमा पुगेपछि मात्रै रोग पत्ता लाग्यो । इएचबीए । एक दमै कममा देखा पर्ने रोग लिएर जन्म भएछ ।
इमर्जेन्सी अपरेशन गर्नु पर्ने रोग रहेछ, बच्चाले जीवन पाउछ भने उपचार गर्ने निधो सँगै जसो तसो खर्च जोहो गरी उपचार अगाडि बढ्यो, अपरेसन सफल भयो तर बच्चाको कलेजो निकै नै विग्रेको अवस्था रहेछ । २ महिनाको लगातार मेडिकेशन, अस्पताल बसाई पछि घर फर्कियौ । डाक्टरको सल्लाह अनुसार प्रत्येक महिना भारतकै अस्पतालमा फलोअप जानु पर्ने, प्रत्येक दिन औषधी, प्रत्येक महिना फलोअप गर्ने समस्या देखियो ।
६ महिना वर्ष दिनमा विरामी भै रहन्थ्यो । उपचारको लागि प्राय जसो भारतमै र कहिले नेपालकै अस्पतालमा धाईरह्यौ।हरेक बर्षमा १–२ पटक नाक, मुख र मलद्वारबाट समेत रगत बग्ने समस्या भइरहन्थ्यो र तत्कालै अस्पताल भर्ना गरेर आन्द्रामा ब्यान्डिंग गरेर अस्थाई रूपमा रोकथामको उपचार परिवारले भरथेग गरिरह्यो ।
अहिले कलेजोले काम नगर्ने अवस्था भएछ , कलेजो पुरै फेल भयो । अन्तिम सटेज भएकोले कलेजो यथासिघ्र फेर्न डाक्टरले सुझाब दिनु भयो । भारतको अस्पतालमा उपचार खर्च महंगो धेरै खर्च लाग्ने भएको र आर्थिक अभाबले उता सम्भव भएन ।
अहिले नेपालको केहि हस्पिटलमा कलेजो प्रत्यारोपन सुरू भएकोले डाक्टरहरूको सल्लाह र सुझाबमा भक्तपुर स्थित “शहिद धर्मभक्त प्रत्यारोपन केन्द्र” अस्पतालमा चेक जांच गरेर यहि उपचार गर्ने निधो परिवारले गरेको छ । उहाँको बुबा सुमन श्रेष्ठ बैको साथ सहयोग र आशिर्बादले बाबुको सफल उपचार भएर पुर्ण रूपमा निकोमा विश्वास व्यक्त गर्नुहुन्छ । सुरु देखि निरन्तर उपचार गरि रहदा ४० लाख भन्दा बढि रकम खर्च भई सक्यो, अहिलेसम्म ऋण धन गरी उपचार गरि रहेको उहाँले उल्लेख गर्नुभयो ।
बाबु आमाहरुले आफ्नो बच्चालाई मेरो मुटु मेरो कलेजोको टुक्रा भनेको सुनेको थिए, त्यो साच्चै रहेछ, आज म छोराको जीवन पचाउनको लागि आफ्नो कलेजो काटेर दिन तयार भए बुबाले भन्नुभयो । कलेजो प्रत्योरोपन उपचारको लागि ३० लाख रुपैया जति खर्च लाग्ने भएकोले रकम जोहो गरेरर तयारी हुन सुझाब दिनु भएको छ ।
जन्मे देखि निरन्तर उपचार गरिरहनु पर्दा पहिले नै धेरै खर्च भई सक्यो अब फेरी एकैपटक तत्काल ३० लाख रूपैया जोहो गर्न गार्हो अवस्था भएको छ । अप्रेशन गरेर कलेजो फेरी सके पछि निरन्तर औषधी खानु पर्ने बाध्यता र थप खर्च पनि छदैछ।त्यसैले, यहांहरू सबैसंग सहयोगको याचना गरेर हात फैलाउनु परेको उहाँले उल्लेख गर्नुभयो ।
“एकातिर यति ठुलो उपचार खर्च अर्को तर्फ बच्चाको जीवन ।”
देश विदेशमा रहनु हुने सम्पुर्ण प्रिय नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनीहरु तथा मनमकारी परोपकारी सहयोगी हातहरुमा अवोध बालकको नयाँ जीवनको निमित्त सकेजति साथ सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछु । यहाँहरुको अमुल्य साथ, सहयोग र सपोर्टको निम्ति जीवनभर ऋणी हुने छु ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….