


बनेपा — श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत इलाका प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ।
बिज्ञापन


भदौ २३ र २४ गते जेन्जी प्रदर्शनका क्रममा आगजनीबाट इलाका प्रहरी कार्यालय पूर्ण रूपमा जलेपछि दैनिक प्रशासनिक कार्य प्रभावित बनेका थिए। सोही प्रभावलाई कम गर्न तथा कार्यप्रवाह सहज बनाउन सहकारीले ल्यापटप प्रदान गरेको हो।

हस्तान्तरण कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो। सहकारीले समुदायप्रति आफ्नो दायित्वअनुसार आगामी दिनमा पनि सहयोगका कार्यक्रम निरन्तर बिस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।


