काभ्रेपलाञ्चोक, दोलखाको मैनापोखरीमा जन्मेका रमेश दहाल गीति लेखनमा चर्चित गीतकारको नाम हो । नेपाली गीति लेखनमा सकृय दहालको २०५७ सालमा पहिलो गीत फेरि तिम्रो सम्झनाले रेकर्ड भएको थियो । हालसम्म तीनसय अधिक गीत रेकर्ड भएका दहालका तीन दर्जन एल्बममा गीत समावेश छन् । गीतसङ्गीतका क्षेत्रमा अनुशन्धनात्मक लेखहरु समेत लेख्ने दहाल नेपाली गीति लेखनका एक सफल गीतकार हुन् । रेडियो नेपालबाट दुई दुई पटक उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गर्न सफल गीतकारले यही बर्ष गीतकार संघ नेपालले प्रदान गर्ने बर्ष गीतका लागि समृत अवार्ड प्राप्त गर्न सफल भए । दर्जनौ साँगीतिक अवार्डहरु प्राप्त गर्न सफल उनै गीतकार दहालसंग नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गरेको विशेष कुराकानी
आजकल के मा ब्यस्त हुनुहुन्छ ?
आजकल म गीत संगीतमै ब्यस्त छु । सधै झै मेरो दिनचर्या गीत संगीतका साथीहरुसंगको भेटघाट, गीत रेकर्ड तथा साँगितिक कार्यक्रममा निर्णायकको भुमिकामा काम गदै समय बितेको छ ।
तपाई गीत लेखनमा कसरी आर्कर्षित हुनुभयो ?
मलाई सानैदेखि गीत सुन्न खुव मन लाग्थ्यो त्यसैले पढ्दा समेत रेडियो बजाएर पढिन्थ्यो । खास गरी नेपाली आधुनिक गीत मन पराउने म गीतका शव्द र भावलाई खुब मन लगाएर सुन्थे । विद्मालयमा पढ्दा कविता तथा गीत प्रतियोगिताहरुमा भाग लिइन्थ्यो । उत्कृष्ट भै प्रमाणपत्रहरु पाउँदा मलाई नियमितता दिन मन लाग्यो । मैले यसयलसी पछाडी औपचारिक रुपमा गीत लेख्न थाले तर २०४८ सालतिरै म गीत लेखनमा लागिसकेको थिए ।
तपाईका गीतहरु चर्चित हुनका कारण के के हुन्?
म गीतमा जीवनको गहिराई पोख्न खोज्छु र पात्र, परिवेश च घटनाहरु प्नि हामी वरिपरिकै छनौठ गर्दछु । अरुभन्दा फरक तरिकाले ब्यक्त गर्ने प्रयत्नमा म लागिरहन्छु । एक पटक लेखेको गीत पटक पटक हेर्ने बानी भएकोले मैले लेखेका गीतमा शुद्धता देखिन्छ । गीतमा साधना पुग्छ । यसो गर्दा म आफैलाई गीतभित्र पाउँछु र शव्दमा निखारता समेत ल्याउन सक्छु । मेरो भावना तथा परिवेश म सङ्गीतकार तथा गायकलाई समेत छर्लङ्ग बताउछु । सङ्गीतकारले मेरो गीतको मर्म बुझिसकेपछि मात्रै म सङ्गीत भर्न खुसी हुन्छु । गाउँदा पनि गायकलाई म त्यो गीतमा कसरी उभिएको छु त्यो बताउछु । यसले गर्दा मेरा गीत जीवन्त बनेको महशुस गर्दछु ।
गीतकारको हिसावले तपाईले कुन कुन अवार्ड पाउनु भयो ?
मैले भ्प दर्जन भन्दा बढि अवार्डहरु पाएको छु । यसै बर्ष मैले रोडियो नेपालले आयोजना गरेको देशब्यापी आधुनिक गत प्रतियोगितामा सवोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरे भने गीतकार संघ नेपालले समेत उत्कृष्ट बर्ष गीतका लागि रु ५७ हजार सहित पुरस्कृत ग¥यो । मैले प्राप्त गरेका रेडियो नेपालका दुई ओटा अवार्ड, गीतकार संघ नेपालको बर्ष गीतकार पुरस्कार, आठौ प्रभु पे म्युजिक खबर म्युजिक अवार्ड, सातौ नेसनल क्यापिटल अवार्ड, सगरमाथा म्युजिक अवार्ड, नाट्यश्वर म्युजिक अवार्ड, विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार लगायत सबै अवार्ड तथा पुरस्कार मेरा गीतको उचाईलाई हेरेर प्रदान गरिएको हँुदा यी सबै अवार्ड मलाई महत्वपूर्ण छन् ।
तपाई गीतका लागि पारिश्रमीक कसरी लिनुहुन्छ ?
म फुलटाइमर गीतकार हुँ त्यसैले गीत लेखेर बाँच्न राम्रो गीत त लेख्नै पर्छ । त्यसैले म अरुकोभन्दा केही बढी नै पारिश्रमिक लिन्छु ।
गीतसङ्ग्रहहरु प्नि प्रकाशन गर्नुभएको छ । आम्दानी कस्तो भयो ?
मैले दुईवटा गीतसँग्रह प्रकाशन गरेको छु । २०६२ सालमा बालुवको घर र २०७५ सालमा हिउँको पूmल गीतसङ्ग्रह निकाली सकेपछि अव तेश्रो गीतसङ्ग्रह पूmलको केस्रा निकाल्ने तयारी हुदैछ । मेरा दुबै गीतसँग्रह मैले सोचेभन्दा बढिनै बिकेकोमा मलाई धेरै खुसी पनि लागेको छ । आम्दानी यत्ति नै भयो भनेर भन्न चाँही रेकर्ड नै हेर्नुपर्छ ।
एक सफल गीतकारको हिसावले तपाई बर्तमान नेपाली गीतसङ्गीतलाई कसरी हेर्नुहुन्छ ?
म विकासमा बिस्वास गर्ने गीतकार भएकोले आजको हाम्रो गीतसङ्गीत आजभन्दा ५० बर्ष अघि जस्तो थियो आज पनि त्यस्तै हुनुपर्छ भनेर भन्दिन । किनकी गीतसंगीत पनि समयको गतिसँगै परिवर्तन हुदै जानुपर्छ र हाम्रो मानशिकता पविर्तन हुन अनिवार्य छ । यसैले हामीले समयको मागसँगै बग्दै गएको संगीतलाई स्विकार्नुपर्छ । गीतसङ्गीत पनि समय अनुसार परिवर्तन हुदै जाँने कुरा भएकोले समय सापेक्ष हुन जरुरी छ ।
त्यसो भए अव तपाईका गीतहरु कस्ता कस्ता आउनेछन्?
म समाज परिवर्तका लागि टेवा पुगोस भनेर गीत लेखिरहेको गीतकार भएकोले त्यही उद्देश्य पुरा गर्न गीत लेखिरहन्छु । यसैले समग्रमा मेरा गीतहरु मनोरन्जनका लागि पनि आउनेछन्, जागरुकका लागि पनि म गीतहरु लेख्नेछु । राष्ट्रभावका गीतहरु पनि लेख्ने छु । तर जे भए पनि मेरा गीतहरुमा जीवन, जगत र मानिसकै वरिपरिका कथाहरु अटाउनेछन् । मलाई जीवन र जगतका गीत लेख्न मन लाग्छ ।
तपाईका स्रोता को हुन्? गीत कसका लागि लेख्नुहुन्छ ?
हरेक गीतका आ–आफ्नै स्रोता हुन्छन् । कसैलाई आधुनिक गीत मनपर्छ । कसैलाई लोकगीत मनपर्छ । कसैलाई राष्ट्रिय गीत मनपर्छ कसैलाई प्रेमगीत । एउटा व्यवसायिक गीतकारले सबै किसिमका स्रोतालाई गीत लेख्नुपर्छ । त्यसैले म हरेक बर्गका स्रोतालाई चित्त बुझ्ने किसिमका गीत लेख्छु ।
तपाई अरु गीतकारभन्दा कसरी फरक हुनुहुन्छ ?
मेरो लेखनको उद्देश्य मनोरन्जन र समाज परिवर्तन हो । म भातृत्व र सशक्तिकरणमा योगदान दिन गीत लेख्छु । म गीत लेख्दा अध्ययन गर्छु । स्रोताको मन र मुटुमा कनेक्ट हुने शव्द लेख्छु । मेरा गीतका जराहरु यही समाजका घटनाहरु हुन् । म नेपाली गीत र साहित्य दुबैको सेवाका लागि गीत लेख्छु । मेरो लेखनको फरकपनका बारेमा भन्नुपर्दा म यही भन्छु ।
आफ्नो सफलतालाई कसरी मुल्याँकन गर्नुहुन्छ?
आजसम्म जति प्राप्त गरेको छु त्यसले सन्तुष्टि त पक्कै पाएको छु तर थप कामहरु गर्नुछ । जीवनमा गर्नु धेरै छ । गीतका लागि मैले अरु धेरै सम्भावनाहरु छोडेको छु । रेडियो नेपालले दुईपटक पुरस्कृत ग¥यो । संघसस्थाहरुले गरेको मायाले गर्दा सफल भएँ कि जस्तो पक्कै लाग्छ तर नियमित गीतकारितामा अब्बल भइएन भने के गर्ने भन्ने चीन्ता पनि लाग्छ ।
नेपाली गीत संगीतको भविष्य कस्तो देख्नुहुन्छ ?
म नेपाली गीतसङ्गीतको भविष्य राम्रो देख्छु । हाम्रो गीतसङ्गीतमा विविधता छ । हाम्रो गीत विश्वभरि पुग्ने क्रममा पनि छ । हामीले हिन्दी गीतलाई पुरै विस्तापित ग¥यौ । हामी विश्वभरि आफ्ना सांगितक प्रस्तुति दिन ब्यस्थ छौ । राम्रा सिर्जना गर्नेहरुले राम्रो आय गरेका छन् । म यो क्षेत्रमा लागेर नाम र दामको हिसावले खुसी छु ।
पछिल्लो समयमा कलाकारिता क्षेत्रमा आउने नयाँ कलाकारहरु लाई तपाईको सुझाव ?
सिर्जनामा लाग्नु गौरवको कुरा हो । तर गीत लेखनमा लगातारको अभ्यास जरुरी छ । त्यस्तै धैर्यता पनि आवश्यकता छ । सस्तो लोकप्रीयताका लागि म कसैलाई पनि यो क्षेत्रमा नआउन सल्लाह दिन्छु । म लेखनमा बलियो प्रतिवद्धता लिएर आउन आग्रह गर्छु । गीत लेखन एक बौद्धिक र जिम्मेवारीपूर्ण शौख हो ।
अन्तमा दर्शक श्रोताहरुलाई के भन्न चाहानु हुन्छ ?
गीत समाजको ऐना भएकोले यो विधालाई ईज्जत गरौ । हामीले समाजलाई नै मनोरन्जन दिनको लागि गीतङ्गीत सिर्जना गर्ने हो तर यस्का साथै हामी समाजलाई दिशानिर्देश गर्ने सचेत बर्गको पनि नेतृत्व गरिरहेछौ भन्ने कुरा नभुलौ ।