बनेपा, आज १४ फेब्रुअरी प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ । आज खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन् ।
मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानकारी गराउने दिनको रुपमा समेत भ्यलेनटाइन डे अथार्त प्रणय दिवसलाई लिने गरिन्छ । ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।

आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएको थियो । प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । खासगरी किशोर–किशोरीहरुले आ–आफ्ना प्रेमी प्रेमीकासँग माया साटासाट गरेर यो दिवस मनाउने गर्दछन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थानहरुमा पे्रम गर्ने जोडीहरुको संख्या बाक्लै देख्न सकिन्छ ।

हुनत यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । त्यसैले होला भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो । यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । यो दिनको शुभकामना । –नव क्षितिज साप्ताहिकबाट

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..