काभ्रे – हिमाल पाहाड तराई काेही छैन पराई राष्ट्र, राष्ट्रियता र जनता प्रति समर्पित भने मुल नाराका साथ नेपाल समाबेशी पार्टीको दोश्रो महाअधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष तथा संस्थापक अध्यक्ष मोतिलाल भारतीको प्रमुख आतिथ्यतामा काँडा घारीको सनसिटी प्याटी प्यालेसमा सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल समावेशी पार्टीका संस्थापक अध्यक्ष मोतिलाल भारतीले कार्यक्रममा बोल्दै देश बिकासको लागि अब नेपाल समावेशी पार्टी नै चाहिने बताउनु भएको छ । उहाँले अहिलेको राजनीति परिस्थिति लाई हेरि जनताले पाएका सास्ती गुनासो लाई आफ्नो पार्टीले मात्रै सम्बोधन गर्न बताउनु भएको छ । अरु पार्टीका उद्देश्य राम्रो भएको भए पनि कुनै पनि कुराहरुको कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नेपाल समावेशी पार्टीले कार्यान्वयन गरेर देखाउने बताउनु भएको छ । 

पार्टी उपाध्यक्ष तिलोचन भट्टराईले दोस्रो महाअधिवेशनको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने नेपाल नेपाल समावेशी पार्टी महामन्त्री राजु निरौलाले प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । उक्त कार्यक्रममा नेकपा माओवादी, कांग्रेस पार्टी परित्याग गरि आउनेहरु लाई स्वागत गरिएको थियो ।

पार्टीको सचीव बिनोद दाहाललेले पार्टी कोषाध्यक्षको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै दाहालले सबैलाई आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह गर्नु भएको छ । संगठन केन्द्रिय स्तर देखि वडा सम्म पुगे पछि नेपाल समावेशी पार्टीले आगामी चुनावमा अग्र स्थानमा ओगटेने बताउनु भएको छ । 

नेपाल समावेशी पार्टी काभ्रेपलान्चोक जिल्ला बाट केन्द्रिय सदस्य रहनु भएको माधव प्रसाद गौतमले नेकपा एमाले, माओवादी कांग्रेसको झण्डा गाडेको काभ्रे जिल्लामा अब नेपाल समावेशी पार्टीले आफ्नो कब्जा जमाउने बताउनु भएको छ । उहाँले जनताको स्तरमा गएर जनताको कुरा सम्बोधन गर्न र कुरा हैन काम गरेर देखाउने बताउनु भएको छ । साथै जनताले परिवर्तनको महसुल गर्ने गरि गाँस,बाँस,कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा लगायत कुराको सुनिश्चित गर्ने बताउनु भयो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..