काभ्रेपलान्चोक – नेपाल पाराभेटरिनरी एशोसियसन नेपाल काभ्रे शाखाको वर्तमान अध्यक्ष कृष्ण सापकोटा, सहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलमा कार्यरत तारामान तामाङ र नालाका पुरु घिमिरेले भावी कार्यकालको नेतृत्वकाे लागि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कृष्ण सापकोटा
भेटेरिनरी जेटी/जेटिए हरुको साझा संगठन को रूपमा रहेको काभ्रे शाखाको पौष ३ गते शनिबार दशौँ स्थापना दिवस मनाइँदै छ । सोही लक्षित वर्तमान अध्यक्ष कृष्ण सापकोटाले पुन आउँदो कार्यकाल को दाबी गरेका छन् ।

पुरु घिमिरे
भने अर्का दाबेदार तामाङले पनि नेभ्लाको काभ्रे अध्यमा आफ्नो उम्मेद्वारी रहने र जित्ने सुनिश्चित सहित दाबी गरेका छन् ।

तारामान तामाङ
ईपानासँग शुक्रबार कुराकानी गर्दै तारामान तामाङ ले भने आफ्नो भावी रणनीति कार्यनीति केवल प्राविधिक हक हित को पक्षमा रहेको भन्दै सबै प्राविधिकहरुलाई आफूलाई सहयोग गर्न अपील समेत गरेका छन् । उनले भने मेरो उम्मेद्वारी अल्मलिएको विगतको हाम्रो संगठनलाई चुस्त दुरुस्त राख्दै आइपरेका प्राविधिकहरुको समस्यामा मल्हम पट्टी गर्नको लागि केन्द्रित हुनेछ । यस्तै वर्तमान अध्यक्ष सापकोटाले भने आफ्नो कार्यकालमा गर्न नसकेको र सोचेको काम आगामी कार्यकालमा गर्ने मौका पाउनु पर्छ र आशा छ त्यसको लागि सम्पूर्ण प्राविधिकहरुले मलाई सहयोग समर्थन गर्नुहुने छ । भन्ने दाबी गरेका छन् । उनले आफूले गरेको कामको समीक्षा गर्दै भने – मैले यस अघि नेपाल रेडक्रस काभ्रे शाखाको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थिए । यस्तै प्राविधिक हरुका लागि लोकसेवा तयारीको निशुल्क कक्षा सञ्चालन गरिएको थियो । , रेडियो एबीसी एफएम मार्फत सहकार्य मा उदघोषण तालिम चलाईएको थियो, काभ्रे जिल्लाको १३ वटै स्थानिय सरकारहरुमा नेभ्ला समिति गठन गरी उनीहरुलाई एकत्रित गर्ने काम पनि गरिएको छ । , औषधी व्यवस्था विभाग बाट अनावस्यक अनुगमनको नाममा दिएको दुःख लाई सम्बन्धित निकायहरु मा पुगी पहल गरेर पसल खुलाउन सहयोग गरियो, नेभ्लाको केही सदस्य साथीहरु दुर्घटनामा परी ज्यान गुमाएका काे परिवारलाई केही आर्थिक सहयोग जुटाउने र हस्तान्तरण गरिएको । ,विभिन्न ठाउँमा प्राविधिक शिक्षालय काे सहकार्यमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको, प्रत्येक वर्ष मंसिर ९ गते स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी मनाइदै आएको,ओभीओटी का केही साथीहरुलाई जनप्रतिनिधि र स्थानिय सरकार ले निकालेको र दुःख दिएको प्रति सम्बन्धित सँग भेटी निरन्तरता दिन र समन्वय गरी अघि बढ्ने कुराको लागि पहल गरियो ।, यसै बीच ११ जनाको जिल्ला समितिमा केही साथीहरूको स्वार्थ काे कारण र आँफै पनि लामो समय अस्वस्थ रहेकै कारण चाहे जति कार्य गर्न नसकेको कुरा सबै प्राविधिकहरु लाई अवगत नै छ । यसै बीच अब बाँकी रहेको मेरो काम लाई पूरा गर्न मैले पुन अध्यक्षमा दाबी गरेको छु । र आशा छ यहाँहरुले त्यो साथ मलाई दिनुहुनेछ । कुराकानीको क्रममा सापकोटाले पुनः एक कार्यकाल आफ्नै नेतृत्वमा काम गर्ने र त्यसको लागि आफ्नो नेतृत्वकाे दाबी स्वाभाविक रहेको बताएका छन् । यता अर्का दाबेदार मानिएका घिमिरेले पनि सबै प्राविधिकहरुको साथ खोजेका छन् । उनले पनि आफ्नो सामाजिक सञ्जालमार्फत अध्यक्षमा उम्मेद्वारी रहेको बताएका छन्  । _ इपाना नेपाल बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..