प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा लामो छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो ।

बिज्ञापन

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच ३ घण्टा लामो छलफल भएको थियो ।

जसमा उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो ।

कुराकानीमा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए ।

उनीहरुबीच समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे छलफल भएको थियो । प्रधानमन्त्रीले यसबारे सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह समेत गरेकी छन् ।