

काभ्रेपलाञ्चोक — कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोकको पाँचौँ स्थापना दिवसको अवसरमा “राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा पूँजी कोष व्यवस्थापन” विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ।क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले पूँजी कोष व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराउनुभएको थियो ।



राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा मापदण्डका विषयमा राष्ट्रिय सहकारी बैंकका कार्यक्रम अधिकृत तथा प्रशिक्षक नव कुमार अधिकारीले प्रशिक्षण दिनु भयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार विवेक राज ठकुरी र निवर्तमान अध्यक्ष तथा सल्लाहकार मदन बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ, बचत संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत गुरु ढकाल हुनुहुन्थ्यो ।
कार्यक्रममा स्वागत मन्तव्य ठाकुर नाथ अधिकारीले प्रस्तुत गर्नुभयो भने कार्यक्रम सञ्चालन सचिव सुवास वैधले गर्नुभयो।
कार्यक्रममा काभ्रे जिल्ला भरका सहकारीका प्रमुख कार्यकारी अधिकृतहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको प्रविधि सहयोग राष्ट्रिय सहकारी बैक लिमिटेड बनेपा शाखाले गरेको थियो।