काभ्रेपलान्चोक – स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

भुम्लु गाउँपालिका को अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । भुम्लु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित सबै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..