काभ्रेपलान्चोक – नाइटिङ्गेल एकेडेमीले अतिरिक्त क्रियाकलाप अन्तर्गत टेक्वाण्डो प्रशिक्षण लिएका विद्यार्थीहरूको बेल्ट टेस्ट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। हालै सम्पन्न कार्यक्रममा ३९ जना खेलाडीले यलो बेल्ट र ४ जना खेलाडीले यलो-ग्रीन बेल्ट प्राप्त गरे।
कार्यक्रममा राज मन्दिर श्रेष्ठ, किशोर बरुण श्रेष्ठ, सुमन रानामगर लगायतको प्रशिक्षण टोलिले बेल्ड टेस्ट गराएका थिए ।
विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले ” टेक्वाण्डो केवल खेल होइन, आत्मअनुशासन र आत्मविश्वासको यात्रा हो। बेल्ट परिवर्तन संगै जिम्मेवारी र संकल्प पनि बढ्दै जाने बताइन् ।
बालबालिकाको आत्मविश्वास, अनुशासन र शारीरिक क्षमताको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने प्रशासन अधिकृत बिक्रम प्रजापतिले बताए ।
कार्यक्रममा प्रशिक्षक, अभिभावक तथा विशेष अतिथिहरूको उपस्थिति रहेको थियो। सहभागी खेलाडीहरूलाई प्रमाणपत्र तथा ट्रफी वितरण गरिँदा उत्साहपूर्ण माहोल देखिएको थियो।