वर्षाको प्रेममा ‘क्लिन बोल्ड’ भए क्रिकेटर करण केसी

 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर करण केसी प्रेममा ‘क्लिन बोल्ड’ भएका छन्। उनले आफ्नी प्रेमिका, पत्रकार वर्षा बस्नेतसँग औपचारिक रूपमा इन्गेजमेन्ट गरेका छन्।
करण र वर्षाले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक गर्दै यो खुसीको खबर फ्यानहरूसँग साझा गरेका हुन्। सार्वजनिक तस्बिरहरूमा दुवैजनालाई खुसी र उत्साहित देख्न सकिन्छ।

बिज्ञापन

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका करण र वर्षाले इन्गेजमेन्टसँगै जीवनको नयाँ अध्यायतर्फ पाइला चालेका छन्। उनीहरूको इन्गेजमेन्टको खबर सार्वजनिक भएसँगै क्रिकेट तथा मिडिया क्षेत्रका सहकर्मी, साथीभाइ र शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनीहरूको जोडीलाई लिएर व्यापक सकारात्मक प्रतिक्रिया आएको छ। फ्यानहरूले पनि दुवैको आगामी वैवाहिक जीवन सफल र सुखमय होस् भन्ने कामना गरेका छन्।