दिनेश भण्डारी
गीतसंगीत क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने मनिषा घोरासैनी पछिल्लो समय सदाबहार गीत होस् या चाडपर्वका गीतहरु हुन् आफ्नो प्रस्तुति दिँदै चर्चामा आएको देखिन्छ उसो त घोरासैनीले गाउँघरदेखि नै लोकगीत संगीत क्षेत्रमा आफ्नो प्रस्तुति दिँदै आएका देखिन्छन्। पछिल्लो समय काठे लोकदोहोरी भाकाहरुमा रम्दै रमाउँदै आउनुभएका मनिषा र आशा लामाको प्रस्तुतिमा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “हेर बरै” पारिवारिक कथामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
लोकदोहोरी क्षेत्र तथा काठे क्षेत्रका अभिभावक नवराज घोरासैनि को गीत संगीत क्षेत्रमा अतुलनीय योगदान देखिन्छ नवराज घोरासैनीको यस्तै योगदानको कदर गर्दै मनिषा घोडासैनी भने आफ्नो बुबा सँगै गीतसंगीत क्षेत्रमा लम्कँदै गरेको देखिन्छ। गीत संगीत क्षेत्रलाई समय सान्दर्भिक बनाउनका निमित्त विभिन्न लोक शीर्षकमा आफ्नो आवाज भर्दै चर्चा बटुल्दै गरेकै गायिका मध्यका एक हुन् मनिषा घोरासैनी यसै सिलसिलालाई अगाडि बढाउँदै २०८१ साल हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै हेर बरै भर्खरै बजारमा सार्वजनिक गरेका छन्।
उक्त सार्वजनिक म्युजिक भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने निर्देशित भिडियो पारिवारिक जीवनमा आधारित कथावस्तु लेखनमा निर्देशन भएको छ। नमराज घोरासैनी को मन लोभ्याउने लय तथा रेसम सापकोटाको मन छुने शब्द सिर्जना भित्र मनिषा घोरासैनी र आशा लामाको सुमधुर आवाजमा तयार भएको उक्त अडियो ,अडियो प्लाटफर्म मार्फत चर्चा बटुल्दै गर्दा भिडियो पनि लगत्तै सार्वजनिक भएको छ।
सो म्युजिक भिडियो मा मनिषा घोरासैनी महेश उपाध्याय जेनी क्विन सोनिका सपना सुष्मा विष्णु सुजी गुरुप्रसाद आचार्य अम्बिका ढुंगाना सीता घिमिरे कल्पना राउत मिना बनार उर्मिला भण्डारी सिर्जना राउत पूजा राउत सीता घिमिरे नेपाल राधा दाहाल लक्ष्मी दाहाल मिना चौलागाईं र माहिला दिदि बहिनीहरुको सामूहिक अभिनय देख्न सकिन्छ। सन्तोष तिमल्सिना को छायांकन तथा रोशन धिताल को सम्पादन मा भिडियो निर्माणमा भएको छ । म्युजिक भिडियो नवराज घोरासैनि नामक युट्युब च्यानल मा हेर्न सकिन्छ। पुरा भिडियो