बनेपा – नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बनेपाको नगर सम्मेलन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिबार बनेपाको पार्टी भेन्युमा बनेपाको नगर सम्मेलन सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोकुल प्रसाद बास्कोटाले समग्र कृषि क्षेत्रको समस्या, चुनौती र सम्भवना सहितको क्षमता पहिचान गर्ने कार्य ढिलाई गर्नु नहुने बताउनु भयो । सरकारले प्रदान गर्ने अनुदान ब्यवसायीक समुहले हात पार्ने र केहि समयमै कृषि तथा ब्यवसायीक पशुपालनबाट समेत पलायन हुने क्रम बढेकाले बास्तविक कृषि र कृषकहरुसम्म आईपुग्ने गरी अनुदान तथा सहयोग हस्तान्तरण गर्न कठिन रहेको पुर्व मन्त्री बास्कोटाले बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य विदुर हुमागाईले कृषकहरुका तमाम समस्यामा राज्य उदासिन बन्दै गएको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारले कृषकहरुका लागि उत्पादन र उत्पादन पछिको सहज बजारका लागि तीन तहकै सरकारबाट नीति सहितका कार्यक्रम लागु गरिनु पर्ने बताउनु भयो ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले कृषकहरुलाई वितरण गरिने अनुदान सहि ठाउँमा हुन नसकेको बताउनु भयो ।

 


कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटी सदस्यहरु हरिशरण दाहाल, कुमार तिमल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य रामशरण दाहाल, वडा अध्यक्षहरु, अखिल नेपाल किसान महासंघ जिल्ला सचिव मुकुन्द लामिछाने, पुर्व वडा अध्यक्षहरु तथा जनप्रतिनिधिहरु, नगर कमिटीका पदाधिकारीहरु, वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईले जिल्लाका सबै कृषकहरु संगठित गर्दै कृषकहरुको हितका लागि समन्वयकारी भूमिका खेल्दै राज्यका निकायलाई खवरदारी समेत गरिएको बताए । तत्कालै संगठनका सबै कमिटीहरु कृयाशिल बनाउँदै कृषकहरु थप संगठित गराउँदै गएको अध्यक्ष चौलागाईले बताए । कार्यक्रम जिल्ला कोषाध्यक्ष मनराज महतले संचालन गरेका थिए । सम्मेलनको बन्द सत्रले नगर कमिटीका पदाधिकारीहरु सहित नयाँ नेतृत्व चयन गरेको छ ।

 

अध्यक्ष :- रेवती प्रसाद दाहाल
उपाध्यक्ष :- नवराज श्रेष्ठ
सचीव :- बिनोद दाहाल
सह-सचीव :- गोपिनी हुमागाइ
सह-सचीव :- डिल्ली प्रसाद दुलाल
कोषाध्यक्ष :- उत्तर कुमार सुवेदी

सदस्य अभिषेक खत्री
सदस्य चन्द्र मानन्धर
सदस्य ज्ञानु आले मगर
सदस्य रमेश थापामगर
सदस्य केदार थापा
सदस्य यशोदा खत्री
सदस्य गंगा शर्मा
सदस्य गिता बस्नेत
सदस्य रमेश घिमिरे
सदस्य रामहरि दाहाल
सदस्य ज्ञानु मिजार

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..