काभ्रेपलान्चोक – हरेक मान्छे को फरक फरक सपना हुन्छ । कसैको कलाकार बन्ने सपना रहेकोे हुन्छ त कसैको ड्राइभर कसैको पाइलट , डाक्टर, इन्जिनियर सपना फरक हुन्छन । कोहीले आफ्नो सपना पुरा गर्छन् त कोहीले सपनामा मात्रै सिमित रहन्छन् ।
मानिसको इक्षा चाहाना हरेक हुन्छन् । कोहि पूरा गर्छु भनेर लागेको हुन्छन् त कोहि सपना मात्रै देख्छन् । यस्तै नायक बन्ने सपना बोकेर हेडेका सुजन खतिवडा लक्ष प्राप्तिको लागि दिन रात मेहनत गरिरहेका छन् ।
उनी यसरी व्यक्त गर्छ मनका भावनाहरु .. जब फिल्म बुझ्न थाले तब देखि हिराे बन्ने सपना मनभरीकाे सिगार्न थाले राजेश दाईकाे”हेई”निखिल दाईकाे “या ढिस” हेर्न हल तिर हप्ता दिनकाे टिफिन पैसा रू ५ जम्मा गरि सेताे पर्दाकाे छेउमा बसि सपना “हिराे बन्ने” महशुस गर्न थाले बच्चै बेला देखिकाे सपना हिराे बन्ने पूरा गर्न यस क्षेत्रमा ईन्ट्री मारेकाे पनि ५ वर्ष बितेछ ।
हिराे बन्न पहिला फिल्म बनाउन सिक्नुपर्छ भन्ने साेच एक फिल्मी कर्मिले मेराे छेउमा ब्यक्त गर्नुभयाे त्यस दिन देखि मन भरी याे कुरा गुन्जियाे र कमाईमा ऋण थप गरि फिल्मी क्षेत्रमा ईन्ट्री गरियो ।
दुई-तिन बर्षमा दुई-तीन महिना सिक्ने माैका त पाए तर २ बर्षकाे अन्तरालमा सबै ज्ञान गुमाए कारण बन्दियाे “काेराेना” सपनाहरू निम्न थाले सपना पूरा गर्न लिएकाे ऋणले पाेल्न थाले
“हार्नु गलत होइन.. तर हार मान्नु गलत हो…!किनकि पूर्ण-विराम अन्त मात्र होईन,नयाँ “वाक्य” को सुरुवात पनि हो!”भन्ने भनाइलाई आत्मसात गर्दे सिनेमाकाे तिर्खा मेटाउन करूवा जुटाउन हिडेकाे म यात्री ऋणमा अल्मलिए आखिर सपना त हाे पूरा गर्ने छ । भुपि शेरचनकाे “चिसाे एष्ट्रे”कवितामा आधारित फिल्मले अल्मलिएकाे यात्रीलाई आफ्नाे गन्तव्य तर्फ लम्काउन थालेकाे छ करूवा धेरै पर छैन भन्नै महशुस गराएकाे छ ।
कहिलेकाहीँ चाहिँ म सपना देखिरहेको छु जस्तो लाग्छ, तर मलाई थाहा छ, मलाई सिनेमा बनाउनु छ र हिराे बन्नु छ। सुजन खतिवडा सह-निर्माता रहेको चलचित्र चिसाे एष्ट्रे आउदो चैत ४ गते देखी नेपाल भर प्रदर्शन हुदै छ ।