आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी

# आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, पुष १०, २०८२
आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता–२०८२ जारी गरेको छ। आयोगका अनुसार, यो आचारसंहिता निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता र भयमुक्त वातावरण कायम राख्नको लागि जारी गरिएको हो।

आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची छन्। यस आचारसंहिताको उल्लङ्घन गर्नेको नाम सार्वजनिक गर्ने व्यवस्था गरिएको छ र विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने पनि व्यवस्था गरिएको छ। साथै, निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने प्रावधान पनि राखिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up