
मोरङ जिल्ला — जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले हराएको स्कुटर फेला पारेर सम्बन्धित धनिलाई जिम्मा दिएको छ।
इटहरी उपमहानगरपालिका वडा नं. ९ निवासी श्याक कुमार श्रेष्ठको प्रदेश १-०२-०५५ प ३९३२ नम्बरको स्कुटर आफ्नै घरबाट पार्किङ अवस्थामा हराएको थियो। हराएपछि ट्राफिक प्रहरीले अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो।

सोही क्रममा स्कुटर विराटनगर महानगरपालिका वडा नं. ४ स्थित एयरपोर्ट क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको हो।
जिल्ला ट्राफिक कार्यालय मोरङका इन्सपेक्टर सन्तोष न्यौपाने का अनुसार फेला परेको स्कुटर सम्बन्धित धनिलाई कार्यालयमा बोलाई सुरक्षित रूपमा बुझाइएको छ।
बिज्ञापन





