झापामा भिरबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु

# झापामा भिरबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष ०७, २०८२
झापामा भिरबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, आइतबार साँझ करीब ७ बजे यमबहादुर आफ्नै पुरानो घर जाने भन्दै घरबाट निस्किएका थिए। घर नफर्केपछि खोजतलास गर्दा उनी शान्ति सामुदायिक वनमा पर्ने ७० फिट अग्लो भिरबाट लडेर मृत फेला परेका हुन्।

प्रनाउ खड्काले घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up