काभ्रेपलान्चोक – शुभ बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा बनेपा नगरपालिकाको वडा नं.१ देखि १४ नं. वडा सम्मका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । झण्डै ५०० घर धुरिलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।


नेपाल तरुण दल केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको नेतृत्वमा बनेपा नगरपालिका वडा नं. १ देखी १४ सम्मका विपन्न परिवारहरु लाई खाद्यान्न वितरण गरिएको हो । नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर कार्यसमितिको व्यवस्थापन, बनेपा जुनियर तरुणको सह-व्यवस्थापनमा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । खुल्ला हृदय भएका उनी काभ्रे जिल्लाको एक उदाहरणीय ब्यक्ति हुन । रोगि, दीनदुखी, असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग गर्नुपर्छ भन्ने भावना भएका बैध एक उद्दारवादी युवा नेता भन्दा फरक नपर्ला । नेपाल तरुण दल बनेपा नगर कार्यसमिति र ट्रेड युनियन कांग्रेस बनेपा नगर कार्यसमितिको विशेष साथ सहयोगमा समय समयमा बैधले विभिन्न गतिविधिहरु गर्दै आइरहेका छन् ।

विपन्न परिवारहरुलाई चामल एक बोरा, मस्यौरा १ केजि, तेल १ लिटर, चिउरा १ केजि, दाल १ केजि लगायत खाद्यान्न सामाग्री वितरण गरिएको नेपाल ट्रेड युनियन कांग्रेस काभ्रे बनेपा नगर सभापति संगम थापाले काभ्रे प्रेस लाई जानकारी दिए ।

नेपाल तरुण दल बनेपा नगर सभापति विवेक बैजुले नेपाल तरुण दल बनेपाले विपन्न वर्गका मानिसहरु लाई जुन सुकै परिस्थितिमा पनि सकेको सहयोग गर्ने बताए । उक्त खाद्यान्न वितरण कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १ देखि १४ वटा वडाका तरुण सभापतिहरु, नेपाल ट्रेड युनियन कांग्रेसका बनेपा नगर कार्यसमितिका व्यक्तित्वहरु, नेपाली कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..