काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ मा नेकपा एमाले वडाकास्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य तथा निवर्तमान मेयर विधासुन्दर शाक्यको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ ।

मिसन ग्रासरुट अन्तर्गत कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, जिल्ला पार्टी कमिटी सचीव राजन भुर्तेल, उप-सचीव, सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रंजितकार, उपाध्यक्ष नवराज मानन्धर, सचीव श्रीधर पराजुली, वडा कमिटी अध्यक्ष लगायत वडाका पदाधिकारी सहित वडा वासीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । बैठकले मिसन ग्रासरुट अन्तर्गत विभिन्न गतिविधिहरु संचालन गर्ने योजना बनाएको छ । 

 

 

तपाईको प्रतिक्रिया

भुम्लु गाउँपालिका वडा न ७ समृद्धिको यात्रामा Documentary Bhumlu Gaupalika Oda No 7 Phalate वृतचित्र