निर्वाचन आयोगले समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना

# निर्वाचन आयोगले समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, मंसिर २३, २०८२
निर्वाचन आयोगले समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा सो कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना गरिएको हो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका छन्, जानकारी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएका छन्।

बिज्ञापन
समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै, आयोगको मंसिर १२ गतेको निर्णयअनुसार सचिव माहादेव पन्थलाई समानुपातिक निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ। यसैगरी, सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका छन्।

समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत ११० जना सांसद निर्वाचित हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up