काभ्रेपलान्चोक – रोटरी क्लब अफ धुलिखेलले भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलिमा बाख्रा बितरण गरेको छ ।

भुम्लु गाउँपालिको उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यातामा र रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रजिन्ब श्रेष्ठको बिशेष आतिथ्यातामा बाख्रा वितरण गरिएको हो । 

आज सिम्थलिमा रोटरी क्लब अफ धुलिखेल र भुम्लु गाउँपालिका वडा नं. २ को वडा कार्यलयको सहकार्यमा १२ जना परिवारलाई २४ वटा बाख्रा र १ वटा बोएर बोका दिइएको छ ।

यस अघि बाख्रा पालन तालिम पनि आयोजना गरिएको थियो। तालिम मा ४२ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष सुजन भण्डारी, वडा सदस्यहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..