

काभ्रेपलान्चोक – २०७९ असोज ४ गते सोमबार, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपाको तेस्रो नगर अधिवेशन होटल सारथी धुलिखेलमा भब्यताका साथ सम्पन्न भएको छ ।


अधिवेशनमा विशेष अतिथि हिरा शर्मा नेपाल, पुर्णकुमार श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, श्याम बहादुर भुजेल, सरोज न्यौपाने, महेन्द्र थिङ्गले मन्तब्य दिनुभएको थियो ।



बिभिन्न विद्यालय, प्रकाशन तथा संस्थाका प्रमुखहरू सहभागी रहेको उक्त अधिवेशनबाट संस्थागत विद्यालयको अवसर र चुनौतीसँगै कसरी उत्कृष्ट शिक्षा प्रदान गर्ने र बिभिन्न विद्यालयको भेटभाटले एकअर्कामा अत्मियता बढाएको बनेपा प्याब्सनका सचिव एवं कार्यक्रम संयोजक शरनकुमार मानन्धरले जानकारी दिनुभयो ।

साथै उपस्थित अतिथि तथा सहयोगी संस्थाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
केन्द्रीय प्याब्सनका उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता एवं बनेपा प्याब्सन अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको भयो ।