एमाले चुनावी तयारीतर्फ उन्मुख, दल दर्ता प्रक्रियामा अग्रसर

 

काठमाडौं । संसद् पुनःस्थापनाको मागसहित आन्दोलनरत नेकपा एमाले अब चुनावी तयारीतर्फ पनि उन्मुख भएको देखिएको छ। पार्टीले आगामी निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाको तयारी अघि बढाएसँगै एमालेको रणनीति अब आन्दोलन र चुनाव दुवै मोर्चामा सक्रिय रहने संकेत गरेको छ।

बिज्ञापन

जेनजी आन्दोलनपछि कार्यकर्ताको मनोबल पुनःउच्च भएको आकलन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतृत्वलाई चुनावमुखी तयारी तत्काल सुरु गर्न निर्देशन दिएका छन्। ओलीको निर्देशनसँगै पार्टीभित्र दल दर्ता, संगठन सुदृढीकरण र उम्मेदवार छनोटसम्बन्धी प्रारम्भिक गृहकार्य सक्रिय रूपमा अघि बढाइएको एमाले स्रोतले जनाएको छ।

पार्टी दर्ताको तयारी तीव्र बनाएको कदमले एमाले अब चुनावी स्पर्धामा पूर्ण रूपले प्रवेश गर्न तयार भइरहेको प्रष्ट संकेत मिलेको छ।