काभ्रेपलान्चोक – विश्व वातावरण दिवसको अवसरमा हाम्रो सरोकार नामक संस्था र काभ्रे महिला जेसिजलगायतका संस्थाहरुको आयोजनामा गोसाईस्थान सामुदायिक वनको रेयुकाई अस्पताल क्षेत्र परिसरमा बुधबार वृक्षारोपण गरिएको छ ।

अम्बा, सिसौ र कपुरलगायतका विरुवा रोपिएको हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडाले जानकारी दिईन । कार्यक्रममा काभ्रे महिला जेसिजका अध्यक्ष सविता बज्राचार्य, हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडा, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज वजगाई, गोसाईस्थान सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष राजेन्द्र थापा, उपाध्यक्ष ज्ञानमणी न्यौपाने, काभ्रे महिला जेसिजका सम्पादक मञ्जु आचार्य धिमिरेलगायत हाम्रो सरोकार र महिला जेसिजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly