पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते

# पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, फाल्गुण ११, २०८२
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते

धादिङ – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनाको उपचार धादिङमै भइरहेको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत चरौदी नजिक चाइनाधारास्थित क्षेत्रमा आज बिहान करिब १:१५ बजे ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेर दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा चार महिलासहित १८ जनाको ज्यान गएको छ।

बिज्ञापन
राजमार्ग उद्दार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीका अनुसार घाइते २५ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।

उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासी सहभागी भएका थिए। घटना रातिको समयमा भएकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up