काभ्रेपलान्चोक – उग्रतारा बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बनेपाको २१ औं वार्षिक साधारण सभा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको अध्यक्षतामा शनिबार बनेपामा सम्पन्न भएको छ।
कुल शेयर पूँजी ६ करोड ७२ लाख ५३ हजार, निक्षेप ८३ करोड ८५ लाख ५४ हजार, ऋण लगानी ६८ करोड ३२ लाख ९ हजार र खुद नाफा २ करोड १ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भक्त थापाले बताए।
कार्यक्रममा ८० वर्ष नाघेका ३० जना जेष्ठ सदस्यलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो भने उत्कृष्ट बचत कर्ता, ऋणी, र शेयर सदस्यलाई सम्मान गरिएको थियी। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुष्णकाजी श्रेष्ठले र कार्यक्रम सञ्चालन सञ्चालक सदस्य दिव्यश्वरी लाल पाटले गरेकी थिइन्।