सुन्दरहरैचा बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न

काठमाडौं – सुन्दरहरैचा बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा २०८२ कार्तिक २२ गते शनिवार शिक्षा निकेतन सलकपुर मा नया ९ जनाको कार्य समिति र ३ जना लेखा सुपरिवेक्षणको सर्वसम्वत निर्वाचित भई सम्पन्न भयो ।

मोरङको सुन्दरहरैचा– ९, नागदेवीचोक सलकपुर स्थित सुन्दरहरैंचा सहकारी संस्थाको अध्यक्षमा हरि बहादुर पौडेल निर्वाचित भएका छन । शनिवार सम्पन्न चौथो बार्षिक साधारण सभाबाट पौडेल अध्यक्ष बनेका हुन । त्यस्तै साधारण सभाले उपाध्यक्षमा परशुराम पराजुली, सचिवमा शंकर भट्टराई, कोषाध्यक्षमा बद्री प्रसाद ढकाल, सदस्यमा होम बहादुर खडका, सुमित्रा सुब्बा, मन्दिरा उप्रेती, मिलन भट्टराई, समिक्षा बस्नेत दाहाल छन । लेखा सुपरीवेक्षण समितिको संयोजकमा तिल कुमार नेपाल निर्वाचित भएका छन भने सदस्यहरुमा रेवत प्रसाद उप्रेती, र सविता कोइराला कट्टेल निर्वाचित भएका छन ।
त्यस अघि कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद गुरागाईले बार्षिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक गोपाल पाठकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा सहकारीमा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उत्कृष्ट ऋणी, बचत कर्ता, जेष्ठ शेयर सदस्य, उत्कृट विद्यार्थि (कक्षा १२ देखी स्नातकोत्तर सम्म) शेयर सदस्यका परिवार भित्रका ।
अन्त्यमा चिठ्ठा कार्यक्रम सन्चालन गरि सभालाई मनोरन्जन गराईएको थियो ।

बिज्ञापन

उक्त संस्थामा महिला ४२४ र पुरुष ३२७ गरि जम्मा ७५१ जना शेयर सदस्य रहेका छन भने शेयर पुजी १,२७,६४,९००।– रहेको छ, त्यसैगरि निक्षेम रकम मा ५,५५,५६,८९९।–, बिभिन्न कोष हिसावमा ६८,१०,५०१।– रहेको उक्त संस्थामा आ.ब. २०८१÷२०८२ मा सम्पुर्ण कारोवार पछिको खुद मुनाफा ६,२५,२०२।– रहेको जानकारी कोषाध्यक्ष बद्री प्रसाद ढकालले वताउनु भयो ।

साबिक बद्री प्रसाद ढकाल अध्यक्ष रहेको झरना बचत तथा ऋण सहकारी, लक्ष्मी प्रसाद गुरागाई अध्यक्ष रहेको सहयात्री बचत तथा ऋण सहकारी । हरि बहादुर पौडेल अध्यक्ष रहेको नाग देवि बचत तथा ऋण सहकारी संस्था २०७८ सालमा एकीकरण भई कोशी प्रदेश को प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा दर्ता भै संन्चालनमा आई यस सहकारी संस्थाले शेयर सदस्यहरुमा सरल व्याज दरमा करिब ५ करोड लगानी गरि आफ्ना सदस्यहरुको व्यापार, कृषि तथा अन्य क्षेत्रमा सेवा प्रदान गरेको कोषाध्यक्ष ढकालले बताउनु भयो ।
आगामी दिनहरुमा नया निर्वाचिन भएर आउनुहुने समिति सदस्यहरुले अझ राम्रो कार्य गरि सदस्यहरुको माग लाई सम्बोधन गरोस भन्दै कार्याकालको शुभ कामना गर्दछु ।

उक्त साधारण सभा संस्थाका सचिव श्री शंकर भट्टराईले सन्चालन गर्नु भएको थियो साथै नया कार्य समितिको पदस्थापना शनिवार हुने संस्थाका नया अध्यक्ष श्री हरि बहादुर पौडेले बताउनु भयो ।