बनेपा – काभ्रेमा एकै दिन १३ वटा स्थानीय तहमा एमाले निकट अनेरास्ववियुको कमिटी चयन भएको छ । अधिबेशनमा अनेरास्ववियुले अरु संगठन भन्दा फरक भई समग्र विद्यार्थीहरुको हक हितका पक्षमा बलियो बन्नु पर्ने कुरामा जोड दिएको छ । 

काभ्रेका अध्यक्ष गोविन्द उप्रेतीका अनुसार काभ्रेको रोशी गाउँपालिकामा सागरराज मैनालीको अध्यक्षमा २५ सदस्यीय समिती बनेको छ । त्यस्तै तेमाल गाउँपालिकामा दुधराज लामाको अध्यक्षतामा समिती बनेको हो ।

नमोबुद्ध नगरपालिकामा अनिष सत्यालको अध्यक्षतामा समिती बनेको हो । पाँचखाल नगरपालिका सन्देश बोलखे अध्यक्षतामा समिती बनेको हो । 

महाभारत गाउँपालिकामा मिना अस्तानीको अध्यक्षतामा २५ सदस्यीय समिती बनेको छ । भुम्लु गाउँपालिकामा सुनिता बस्नेतको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी बनेको हो । बनेपा नगरमा भने सुदिन श्रेष्ठको अध्यक्षतामा समिती बनेको छ ।

चौररीदेउराली गाउँपालिकामा निलकण्ठ गौतमको अध्यक्षतामा २९ सदस्यीय समिती बनेको छ । खानीखोला गाउँपालिकामा देश लोप्चनको अध्यक्षमा अध्यक्षतामा ३७ सदस्यीय समिती बनेको हो ।

त्यस्तै धुलिखेलमा प्रभुराम धिताल, मण्डनदेउपुरमा अनिल नेपाल, पनौतीमा गुञ्जन बञ्जारा र बेथानचोकमा दिपेश केसीको अध्यक्षतामा समिती बनेको छ ।

जिल्ला स्तरीय तथा केन्द्रीय नेताहरुको उपस्थितीमा नयाँ समिती बनेसँगै काभ्रे जिल्लाभर एकैपटक विद्यार्थीहरुले गर्जन गरेको अखिलका कोषाध्यक्ष जेनिश लामाले बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..