प्याब्सन बनेपाको आयोजनामा कम्प्युटर विज्ञान शिक्षकहरूको एकदिने तालिम सम्पन्न

धलिखेल — PABSON Banepa को आयोजनामा ‘One-Day Training session for computer science teachers’ शीर्षकको एकदिने तालिम आज धुलिखेलस्थित होटेल हिमालयन हाउस रिजोर्ट सम्पन्न भएको छ।

मंसिर २० गते आयोजित तालिमको सभापतित्व महेन्द्र बिष्टले गर्नु भयो भने कार्यक्रममा प्याब्सन काभ्रे का वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

बिज्ञापन

तालिममा कम्प्युटर विषयको पाठ्यक्रम, आन्तरिक मूल्यांकनको प्रभावकारी कार्यान्वयन तथा सिकाइ–सिकाइको गुणस्तर वृद्धि सम्बन्धी विषयमा विस्तृत रूपमा छलफल तथा प्रस्तुति गरिएको सभापति महेन्द्र बिष्ट जानकारी दिइए ।

कार्यक्रमलाई KEDC Pvt. Ltd. ले कार्यक्रम लाई सहयोग गरेको थियो। क्षेत्रका विभिन्न विद्यालयका कम्प्युटर शिक्षक तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजक PABSON Banepa ले जनाएको छ।