काभ्रेपलान्चोक – ग्रिन टी तौल कम गर्न, उमेर बढाउन तथा तनाव कम गर्न उपयोगी मानिन्छ, तर छाला र केशका लागि पनि यसले विशेष काम गर्छ।

ग्रिन टीमा अनेकौं विविधता पाइन्छ। यसमा एप्पल ग्रिन टी विशेष हुन्छ। एप्पल ग्रिन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ।

ग्रिन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको रिंकल हटाउँछ। यसका लागि ग्रिन टीको पाउँचलाई पानीमा हालेर पाँच मिनेटजति फ्रिजमा राखी आँखामाथि राख्नुपर्छ।

ग्रिन टीको पानीले शरीरलाई शीतलता प्रदान गर्छ र शरीरलाई विषमुक्त बनाउँछ। ग्रिन टीलाई एक गिलास पानीमा उमालेर आधाजति भएपछि प्रयोग गर्नुपर्छ। यो टनिकलाई हरेक रात सुत्नुपूर्व स्किन टोनरका रूपमा प्रयोग गर्न सकिन्छ। यो तैलीय छालामा प्रभावकारी साबित हुन्छ। यो पानीलाई कुनै पनि फेस प्याक वा हेयर प्याकमा प्रयोग गर्न सकिन्छ। चिसोमा शुष्क छालाको समस्या हुन्छ। यसका लागि ग्रिन टीलाई पानीमा उमाल्ने, चिसो भएपछि दुई थोपा मह र ग्लिसरिन मिसाएर मुहारमा प्रयोग गर्ने। यसले शुष्क छालामा नेचुरल टोनरको काम गर्छ।

फेसियल स्क्रवमा एक चम्चा ग्रिन टी मिसाउन सकिन्छ। बदामको पेस्ट, ग्रिन टी तथा थोरै दही मिश्रित पेस्टलाई फेस स्क्रबका रूपमा प्रयोग गर्नु लाभदायक हुन्छ।ग्रिन टीलाई पानीमा उमालेर चिस्याउने। स्याम्पु गरेपछि चिस्याइएको उक्त पानीले केश पखाल्ने। यसले स्केल्पमा पीएच ब्यालेन्सलाई सन्तुलित राख्छ र तैलीय केशको समस्याबाट छुटकारा दिन्छ। यसले चायाँको समस्या समाधानमा समेत सहयोग पुर्‍याउँछ।

केश झर्ने समस्या छ भने उमालेर चिस्याइएको ग्रिन टी पानी स्केल्पमा लगाई केशलाई सुक्न दिने। यो उपाय सातामा कम्तीमा दुई-तीनपटक अवलम्वन गर्नुपर्छ। यसबाट केश झर्ने समस्यामा राहत प्राप्त हुन्छ। मनतातो ग्रिन टीमा थोरै नरिवलको तेल हालेर १० मिनेटसम्म आफ्नो हात डुबाएर राखेपछि जैतुनको तेल प्रयोग गरी हातले मालिस गर्दा घामले कालो भएको छाला सफा हुन्छ।

ग्रिन टी हाली उमालिएको पानीलाई चिस्याएपछि त्यसमा कागतीको केही थोपा रस मिसाएर आइसट्रेमा जम्न छोड्ने। सफा मुहारमा प्याक लगाएर धोएपछि त्यसमा ग्रिन टी आइसले विस्तारै मालिस गरेर सुकाउने। यसले तैलीय छालामा नेचुरल एस्ट्रिजेन्टको काम गर्छ।मुल्तानी माटो, चन्दन पाउडर तथा बदाम पाउडरलाई उमालेर चिस्याइएको ग्रिन टी पानीमा भिजाएर पेस्ट बनाउने। यसलाई मुहारमा लगाएर २० मिनेटपछि पखाल्ने। यो फेस प्याकले शुष्क छालामा विशेष फाइदा पुर्‍याउँछ।  Entertainment  Khabar

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly