कपिलवस्तुमा बस दुर्घटना, एकको मृत्यु पाँच घाइते

कपिलवस्तु — शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु र पाँच जना घाइते भएका छन्।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। मृतक करिब ५०–५५ वर्षका पुरुष रहेका छन्।

बिज्ञापन

घाइते पाँच जना यात्रुको चन्द्रौटा अस्पतालमा उपचार भइरहेको र बस चालक प्रहरीले नियन्त्रणमा लिएको छ।