काभ्रेपलान्चोक – बनेपा वडा नं ७ को आयोजनामा फोहरमैला व्यवस्थापन तथा वर्गीकरण सम्वन्धी तालिम सम्पन्न भएको छ।
बनेपा नगरपालिका वडा नं ७ की वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा आयोजित फोहर मैला व्यवस्थापन तथा वर्गीकरण सम्वन्धी तालिम आयोजना सम्पन्न भएको हो । तालिममा वडा मातहतमा रहेका ९ वटा टोल समितिलाई ६ वटा समुह बनाएर १८० भन्दा बढी गृहणीहरुको सहभागितामा ३ दिने तालिम समापन भएको हो।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा विध्यावारीधि अध्ययन गरिरहेका प्रशिक्षक उज्वल प्रधानले आफ्नो प्रस्तुतिकरण सहित फोहर वर्गिकरण सम्वन्धी तालिम संचालन गरेको थियो। साथै वडाले सहभागीहरुलाई फोहर संकलनको लागी भाडो पनि वितरण गरेको छ।