काभ्रेपलान्चोक – राष्ट्रिय काँठे लोक दोहोरी अवार्डले म्युजिक अवार्ड को टप ५ सार्वजनिक गरेको छ। जसमा २०७८ को लोकदोहोरी गित ”कल्पना “बाट सर्वोत्कृष्ट लोकदोहोरी नव मोडलमा सबिन गौतम परेका छन ।

सुनाखरी मल्टी मिडिया प्रा .लि द्वारा आयोजना गरिएको राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड २०७८ मा सबिन गौतम लाई सर्बोउत्कृष्ट काँठे लोकदोहोरी नव मोडलमा ५ मनोनित को प्रमान पत्र हस्तान्तरण गरिएको छ ।

पाँच भित्र पर्नेहरुको भोटिङ कोर्ड सार्वजनिक गरेको छ । जसमा सबिन गौतम लाई टप १ मा ल्याउन को लागि मोबाइल को म्यासेज बक्समा गएर क्यापिटल लेटर मा KLD स्पेस 4B टाइप गरि 37000 मा सेन्ड गरि भोट गर्न सक्नु हुने छ ।

महेश नेपालको शब्द रचनाको साथैसमीर आचार्यको लय रहेको यस गितमा समीर आचार्य , प्रतिमा अर्याल र सोनि भन्डारीको स्वर रहेकोे छ । यस भिडियोको छायांकन सरोज साहिले गर्नु भएको छ भने भिडियो लाई रोसन धिताल ले सम्पादन गर्नु भएको छ ।

नव मोडलमा प्रमानपत्र हात परे संगै गौतमले जीवन मा केही फरक किसिमको काम गर्ने सोच बनाउनु भएको बताउनु भयो धेरै षघर्स पछिको फल प्राप्त गरेको र बल्ल मोडल हु भन्ने महशुस गरेको बताउनु भयो अझै पनि गित संगीत क्षेत्रमा कलाकारिता र बिकासको लागि थप जिम्मेवारी महसुस भएको गौतमले जानकारी दिनु भयो। उक्त प्रमाणपत्र समारोहमा विभिन्न बिधाका कलाकारहरु लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….