काभ्रे – जिल्लामा आज नयाँ संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय काभ्रेले बताएको छ।

 

काभ्रेमा आज ८६ जना उपचारपछि संक्रमणमुक्त भएसँगै जिल्लामा १६ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएका छन् ।

 

काभ्रेमा अहिले १ सय ५४ जना महिला र १ सय ६३ जना पुरुष गरी ३ सय १७ जना सक्रिय संक्रमित रहेको कार्यालयको जानकारी छ ।

 

जिल्लामा अहिले कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ८४ पुगेको छ । अहिलेसम्म काभ्रेका १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly