भक्तपुर, शैक्षिक क्षेत्रमा सक्रिय संस्था वि क्यान एडुकेशनल नेपाल भक्तपुरले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरु बीच बाल तथा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
वि क्यान एडुकेशनल नेपाल भक्तपुरले कक्षा १ देखि ५ का विद्यार्थीहरूबीच बालगीतमा नृत्य प्रतियोगिता तथा कक्षा ६ देखि ८ का विद्यार्थीहरूबीच राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
सूर्यविनायक नगर शिक्षा प्रमुख रत्नबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालगीत नृत्य प्रतियोगितामा पाथीभरा एकेडेमी, सृजनानगर (सूर्यविनायक नगरपालिका ५) तथा राष्ट्रिय गीत नृत्य प्रतियोगितामा ऋतंभरा पाठशाला, दुवाकोट (चाँगुनारायण नगरपालिका २) सर्वोत्कृष्ट बन्न सफल भए ।

प्रतियोगी विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेको कार्यक्रममा बाल गीत नृत्य प्रतियोगितामा प्रथम पाथीभरा एकेडेमी, सृजनानगर (सु.न.पा. ५) भए भने द्वितीय क्रियटिभ विद्यालय, नागपोखरी (भक्तपुर नगरपालिका), तृतीय सिरिनकेन विद्यालय, झौखेल (चाँगुनारायण न.पा. ३) र सान्त्वना आरक्षण नेशनल एकेडेमी (चाँगुनारायण न.पा. ८ , सुडाल) हुन सफल भए ।
त्यस्तै राष्ट्रिय गीत नृत्य प्रतियोगितामा प्रथम स्थानः ऋतंभरा पाठशाला, दुवाकोट (चागुनारायण न.पा. २), द्वितीय क्रियटिभ सेकेन्डरी विद्यालय ( नागपोखरी भक्तपुर ), तृतीय रुबी भ्याली विद्यालय (सुर्यविनायक न.पा. ८) र आरक्षण नेशनल विद्यालय (सुडाल, चागुनारायण न.पा. ८) तथा सान्त्वना पुरस्कारः पाथीभरा एकेडेमी, सुर्यविनायक न.पा. ५ सृजनानगर भक्तपुर हुन सफल भए ।
कार्यक्रमका प्रमुख अतिथि रत्नबहादुर कटुवालले नृत्यजस्तो अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै विजेता विद्यालयहरूलाई बधाई तथा सहभागी सबैलाई भविष्यका लागि शुभकामना दिनुभयो ।

त्यस्तै वि क्यान एडुकेशनल नेपालका अध्यक्ष रत्नबहादुर राईले बिजेता हुनु र च्याम्पियन हुनु फरक कुरा भएको बताउनुहँदै सबैले च्याम्पियन बन्न प्रयास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुको प्रस्तुतिको कदर गर्दै अध्यक्ष राईले विद्यार्थीहरूलाई उत्साहित गर्नुभयो ।
यस्तै कार्यक्रमका निर्णायक अमरकृष्ण चन्दले नृत्य प्रस्तुतीकरणमा विषयको गहन समझ, नृत्य शैली, सृजनात्मकता र अभिव्यक्तिको महत्व हुनुपर्ने बताउँदै हारपछि पनि मिहिनेत गर्न नछोड्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सरश पाठशालाका डाइरेक्टर –इन्द्रिय रङहरु आत्मकथाका लेखक इन्द्रप्रसाद खाईतुलाई सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीहरूलाई मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गरिएको थियो भने कोरियोग्राफरहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम सञ्चालन पाथीभरा एकेडमी विद्यालयका सस्थापक प्रध्यानाध्यापक तथा वि क्यानका सचिव रमेशप्रसाद सिटौलाले कार्यक्रममा सहभागी र सहयोग सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, जागृती विद्या सदनका निर्देशक जगदीश पौडेलले कार्यक्रममा सहयोग गर्ने सबै शिक्षक, विद्यार्थी, र अतिथिहरूप्रति कृतज्ञता प्रकट गर्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम सम्योजक बिश्वराम दुवालले स्वागत गर्नुभएको थियो ।

यो कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिको माध्यमबाट व्यक्तित्व विकासका लागि प्रेरणा प्रदान गरेको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly