काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा २ स्थित भारती गाउँमा जन्मिएको अमृत भारती सानै देखि गित सङ्गितमा निकै रुचि राख्ने गरेको थिए । घाँस दाउरा मेलापातमा ,गोठालो जादा पाखापखेरा तिर खुब गित गुन गुनाउने गरेको थिए । गाउँमा हुने चार्ड पर्ब ,जात्रा पुजापाठ र त्यौली तिर खुब जुहारी गाउनी गर्थे । वौद्धिक क्षमताको बहुप्रतिभा साली ब्यक्तित्व अमृत भारती साहित्य क्षेत्रमा पनि निकै क्रियाशिल थिए । 

२०५२/८/९ मा जन्मिएका अमृत SLC सम्म गाउँमा बसेर अध्यन गरेका थिय भने +२ को शिक्षाको लागि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारमा बसेर अध्यान गरेका थिए । सोही अध्यनको क्रममा भारतीले २०७२ सालमा गजलसङ्ग्रह “अमृत “नामक पुस्तक सार्वजनिक गरेका छन । + २को शिक्षा सकिय सङ्गै गायक भारती राजधानीमा प्रबेश गरेका थिए।

अमृत नामक गजलसङ्ग्रह बजारमा ल्यायका अमृत त्यतिबेला जिल्लामा भएका गजलकार मध्य कान्छो गजलकारको रुपमा परिचित थिए । राजधानी प्रबेश सङ्गै अमृतले आफ्नो साङ्गितिक यात्रा तय गरेका थिए । साङ्गितिक यात्रा सुरु भए सङ्गै अमृतले साहित्यका यात्रा लाई निरन्तरता दिन सकेनन् । साहित्यमा निरन्तरता दिन नसकेपनी साहित्य प्रतीको मोह कहिलेपनि नघट्ने बताएका छन । 

२०७३ सालमा “कन्या राशी “बोलको दोहोरी गित बजारमा ल्याए सङ्गै अमृतको साङ्गितिक यात्रा सुरु भएको थियो । पहिलो एल्बमको रूपमा बजारमा आयको गित कन्या राशी प्रश्चात “मन परेको केटि ,भलो हुदैन ,फेरि आयो दशैले घेरेर ,”मेरो प्यारो सिन्धुपाल्चोक “मालती , शूभ दशै, नाँच माया,बेसारे माया,रातो खसी,तिम्रो सिउदो भर्नी बेलैमा,ठिकै छ लगायत दुई दर्जन भन्दा बढी गितमा आफ्नो आवज शब्द सङ्गीत रहेको बताएका छन । विगत ५ बर्ष यता गायक अमृत भारती सिर्जना र प्रत्यक्ष दोहोरी अब्बल देखिन्छन् । भौगोलिक हिसाबले पुर्ब काठ क्षेत्रमा जन्मिएका अमृत प्राय सबै खालका लोक गित हरुलाई न्याय दिएर गाउन सक्छन् । निकै राम्रा सिर्जना बजारमा ल्याएका अमृतले लाखौ दर्शकको मन जितिसकेका छन।

गायक अमृत भारती धेरै सम्मान पुरस्कार र अवार्ड जितिसकेका छन।”मेरो प्यारो सिन्धुपाल्चोक “बोलको गितबाट क्रमश जुरि, अवार्डहरु हात पारेका छन् ।

गायक तथा सर्जक अमृत भारतिले हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिज लाई लक्ष्यित गर्दै “के छ खबर भन्निलाई ठिकै छ”बोलको बजारमा सार्वजनिक गरेका छन् । अनामनगर स्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको गितमा शब्द अमृत भारतीको र स्वर भने रामकुमार नेपाली,आशा के.सि,अमृत भारती ,सपना सुनाम रहेका छ्न भने गितमा रामकुमार नेपालीले सङ्गीत भरेका छन। भारती पिक्चर्स प्रा.लिले बजार ब्यबस्थापन गर्न लागिएको सोही गितमा बरिस्ठ निर्देशक यक गुरुङले निर्देशन गरेका छन । भिडियोमा कलाकार अस्मिता रनपाल जुनु यस् .डि ,राजु आर.डि र तिलक साही लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गित मौलिक र मर्मस्पर्शी भएकोले सबै दर्शक श्रोताको मन जित्ने बताएका छन।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..