महाङ्काल–४ की शिक्षिका शुभद्रा सापकोटाको उपचारकै क्रममा निधन

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिका–४ कालेश्वर तिखेढुङ्गाकी शुभद्रा सापकोटाको उपचारको क्रममा अल्पायुमै निधन भएको छ। प्यान्क्रियाज सम्बन्धी गम्भीर स्वास्थ्य समस्या देखा परेपछि काठमाडौँस्थित वीर अस्पतालको आइसियूमा उपचार गराइरहेका बेला मङ्सिर २०, २०८२ मा उनको मृत्यु भएको परिवारले जनाएको छ।

शुभद्राको मङ्सिर ६ गते मात्र सिन्धुपाल्चोकको नेपाल परिवारसँग विवाह भएको थियो। विवाहको दिनमै उनी अचानक बिरामी परेपछि माइतीघरमै अन्माइएका कारण उनी नयाँ घरमा प्रवेश गर्न समेत पाइन्न ।

बिज्ञापन

स्व. सापकोटा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२, रामपुरमा अवस्थित जय सरस्वती आधारभूत विद्यालयमा शिक्षिका थिइन्। उनको असामयिक निधनले परिवार, सहकर्मी र स्थानीय समुदायमा शोक छाएको छ।