

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशानुसार प्रहरी महानिरीक्षकको निर्णयानुसार प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा पदस्थापन हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक दुखाराम माझीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
बिज्ञापन

साथै दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनु भएका प्रहरी वरिष्ठ नायव निरीक्षक दुखाराम माझीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलीका दिनमा अझै जिम्मेवार भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियाशिल भई कार्य गर्न निर्देशन दिइएको छ।




