काभ्रेपलाञ्चोकको धुलिखेलमा मुक्ती समाज नेपाल जिल्ला कमिटीले एसईई २०८१ उत्तीर्ण १०० भन्दा बढी दलित विद्यार्थीलाई सम्मान गर्दै करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मुक्ती समाज केन्द्रिय इन्चार्ज जितु गौतम प्रमुख अतिथि थिए। उनले शिक्षा र समाजको विकासबीचको सम्बन्धलाई जोड दिंदै सहि मार्गदर्शनले लक्ष्यमा पुग्न सहयोग गर्ने बताए।
धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले उच्च शिक्षा समेत निःशुल्क प्रदान गर्दै आएको जानकारी गराए।
नेकपा एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भुर्तेलले यस्ता कार्यक्रमले सामाजिक रूपमा सकारात्मक प्रभाव पार्ने बताउँदै लक्ष्य प्राप्तिका लागि दृढ संकल्प आवश्यक रहेको बताए।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य रिता ढकाल, गीता सुनार, जिल्ला सचिव राजकुमार सापकोटा, जनसंगठन प्रमुख प्रकाश रोक्का, तेज नेपाली, सागर मिजार, खड्ग बहादुर पुर्कोटी, विकास मगराती, उर्मीला बराइली, मदन मगराती, राजिव रसाइलीलगायत नेताहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन सचिव चण्डीका परियारले गरेकी थिइन्।