सिन्धुलीमा आगजनी र तोडफोड गर्नेहरुमाथि प्रहरीको एक्सन: जेनजी आन्दोलनका नेता जिल्ला छाडेर भागे

सिन्धुली – जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा सलंग्न २१ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र वडा कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

अहिलेसम्म जिल्ला प्रशासन, अदालत, मालपोत र कमलामाई नगरपालिका- ५ तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई जाहेरीका आधारमा पक्राउ गरिएको एसपी लालध्वज सुवेदीले बताए ।

प्रहरीले २१ जनालाई पक्राउ गरेको छ भने १० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ । सिन्धुली प्रहरीले पक्राउ थालेपछि जेनजी विद्रोहको नेतृत्व गरेकाहरू जिल्ला छोडेर भागेका छन् । अधिकांश जिल्ला अदालत आगजनी गरेकाे कसुरमा पक्राउ परेका छन् ।