बनेपामा ‘मन बिनाको धन’ विद्यालयमै प्रदर्शन

 

बनेपा, काभ्रे – बनेपामा रहेको ज्योती एकेडेमीले नेपाली फिल्म ‘मन बिनाको धन’ आफ्ना विद्यार्थीका लागि विद्यालयमै प्रदर्शन गरेको छ। विद्यार्थीहरूलाई मनोरञ्जनका साथै जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश दिन यो फिल्म देखाइएको विद्यालयले जनाएको छ।

बिज्ञापन

विद्यालयका प्रधानाध्यापक महेंद्र बिष्टले विद्यार्थीहरूलाई मनोरञ्जनसहित जीवन शिक्षाको अवसर प्रदान गर्न फिल्म प्रदर्शन गरिएको बताए।

कक्षा ३, ४ र ५ का करिब १२० जना विद्यार्थीले फिल्म हेरेका थिए। फिल्म बनेपाको शुभकामना सिनेमा हलमा विशेष रूपमा प्रदर्शन गरिएको थियो।