बनेपा, काभ्रे — नेकपा (एमाले) बनेपा नगरपालिका वडा नं. ९ को नवगठित वडा कमिटीको सपथ ग्रहण कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। हालै सम्पन्न दोस्रो वडा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सपथ गराउँदै प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना सहभागी हुनुहुन्थ्यो। साथै, बागमती प्रदेश कमिटी सदस्य हरिशरण दाहाल, जिल्ला उपसचिव रत्नकुश रञ्जित, जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख श्याम सापकोटा, प्रचार विभाग सचिव अरबिन्द्र गौतम, नगर अध्यक्ष नवराज मानन्धर, नगर सचिव पवन केसी, नगर उप-सचिव बिक्रम प्रजापति लगायत पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।
सपथ समारोहमा नव निर्वाचित वडा कमिटी अध्यक्ष बुद्धिमान महत, उपाध्यक्ष सर्मिला डंगोल, सचिव राजकुमार आलेमगर, उप–सचिवहरू जानुका पुडासैनी र कान्त प्रसाद गजुरेलसहित सम्पूर्ण सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।
कार्यक्रमको सञ्चालन नेकपा एमाले नगर कमिटी सदस्य तथा निवर्तमान वडा सचिव उद्दव तिमल्सिनाले गर्नुभएको थियो।
समारोहमा वक्ताहरूले नव निर्वाचित नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै पार्टीको विधान, नीति र सिद्धान्तअनुसार राष्ट्र, समाज र श्रमजीवी जनताको हितमा कार्य गर्न प्रेरणा प्रदान गरेका थिए।