भक्तपुर – मंसिर २१, इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले जितेकी छन् ।
यस्तै द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको यूनिक कर्माचार्य, तृतीय स्थानमा सेन्ट जोन स्कुलको निश्चल तामागं र सान्त्वना पुरस्कारमा ग्लोबल एकेडेमीको आशिस् त्वाँतीले हात पार्न सफल भएका थिए !
इप्सन अन्तर्गतका सदस्य विद्यालयहरुको बीच आधारभूत तहका विद्यार्थीहरु बीच आज भक्तपुर दरवार क्षेत्र परिसरमा बसेर प्रत्यक्ष देखिएका दृश्यलाई चित्रमा उतार्न लगाइएको जानकारी इप्सन भक्तपुरका सचिव विजय कर्माचार्यले बताउनु भयो !
उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा मेडल पनि प्रदान गरिएको उक्त समापन कार्यक्रममा ईप्सन भक्तपुरका अध्यक्ष जिबि खड्काले विद्यार्थीहरुको क्षमता तथा प्रतिभा उजागर गर्ने हेतु यस्ता प्रतियोगिता आयोजना र जुन सदस्य स्कुलले जिते पनि हामी सबै सदस्य स्कुलको जित हुने बताउँदै अन्य सहभागी प्रतियोगिहरुलाई पनि हौसला प्रदान गर्नु भयो !
कार्यक्रममा शिक्षाप्रेमी तथा नेपाल स्काउटका राष्ट्रिय व्यक्तित्व रामगोपाल कर्माचार्य र प्राचार्य राम हाडाले पनि विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.