

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ ।


शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको हो ।
बिज्ञापन



पूर्णिमा राई र मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले आफ्नो पाँचौं खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको हो । पूर्णिमा र मीनाको ह्याट्रिकसँगै कुसुम खतिवाडाले १ गोल गरिन् ।

प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।
दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो ।
प्रतियोगितामा नेपालको ५ खेलमा १२ अंक भएको छ ।
नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।